सुरुङ्गा । साउन १७ गते । कनकाई नगरपालिका क्षेत्रका ७ राजनैतिक दल र सर्वसाधरणले व्यापक दनदवाब र ज्ञापनपत्र समेत बुझाएपछि कनकाई नगरपालिकाले करको दरमा व्यापक घटाएको छ ।
कनकाई नगरपालिकाले मंगलवार कनकाई नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि नगरवाशीको सुझावपछि ७५ प्रतिशतसम्म करको दर घटाएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाले यसअघि सामान्य रकम २ सय रुपैँया लिदै आएकोमा कम्तीको रकमभने ५०० अनिवार्य गरेको छ । बर्षमा एकपटक तिर्न आउने हुँदा न्युनत्तम रकम भने ५०० बनाउने भन्ने कार्यपालिकाको निर्णय गरिएकोले यसलाई यथावत राखि बाकी सबैमा ७५ प्रतिशतसम्म कर घटाइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।

जसमा कनकाई नगरपालिकाले २० लाख सम्मको जग्गामा न्युनत्तम ५०० रुपैँया कायम गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । यसैगरि २० लाखदेखि ३० लाख सम्मको लागि मालपोत तथा भुमिकर ७५० रुपैँया कायम गरिएको छ । यसैगरि ३० लाखदेखि ४० लाखसम्मको १००० रुपैँया, ४० लाखदेखि ५० लाख सम्मको २००० रुपैँया, ५० लाखदेखि ७० लाखसम्मको ३००० रुपैँया तोकिएको छ । यसैगरि ७० लाखदेखि १ करोडसम्म ५००० रुपैँया तोकिएको छ । यसैगरि १ करोडदेखि ५ करोडसम्मको प्रतिहजार ५० पैसाले आउने रकम कर तोकिएको र ५ करोडभन्दा माथि जतिपनि रकमको जग्गा मालपोत र भुमिकरलाई प्रतिहजारमा ६० पैँसा कर तोकिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभएको छ ।

यसरी करको दरमा यसपहिलेको भन्दा ७० प्रतिशतसम्म घटाइएको समेत जानकारी दिनुभयो । यसअघि कनकाई नगरपालिकाले १ करोड भन्दा माथिको जमिनको मालपोत कर भुमिकर प्रतिहजारमा २ रुपैँया २० पैसा रहेकोमा त्यसलाई बढी हुन्छ भनेर १ रुपैँया २० पैसा प्रतिहजारमा बनाएर कर लिन थालिसकेको अवस्थामा यहाँस्थित राजनैतिक दल र सर्वसाधरण समेतले बढी भयो भनेर ज्ञापनपत्र लगायातको विरोध गरेपछि यस रकमलाई समेत ५ करोडसम्मको करलाई प्रतिहजारमा ५० पेसा र ५ करोडभन्दा माथिको रकमलाई ६० पैसा बनाइएको पत्रकार सम्मेलनमा नगरप्रमुख पोखरेलले बताउँनुभयो । यसअघि करका लागि नागरिकलाई स्वघोषणा गर्न पाउने सुविधा हुदा कतिपयले कर बढी तिनुपर्ने भयले जग्गाको वास्तविक अवस्था ढाटेर जग्गाको मुल्याङ्न गरिदिदा अहिलेको प्रविधिले जग्गाको वास्तविक अवस्था देखाउँदा समेत जग्गाको मुल्य १० गुणसम्म बढेको पाइएको नगरप्रमुख पोखरेलको भनाई छ । हामीलाई जनताले मतदान दिएर जिताएका हुन । अहिले साच्चैकै जनताको दैनिकी संकटमा छ भनेर हामीले तत्काल बैठक बसेर करको दरलाई ७५ प्रतिशतसम्म घटाएका हौ नगरप्रमुख पोखरेलले भन्नुभयो ।

यसैगरि भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गाधनीपुर्जाको रकम समेत अत्याधिक महगो भएकोले नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा नगरस्तरीय समिति बनाएर हाल धनीपुर्जाका लागि बुझाउनुपर्ने रकम कसैले पनि तिर्न नसक्ने निर्णय गरेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । जग्गा धनीपुर्जाको रकम हामीले पाउने पनि होईन तोक्नेपनि होइन तर यो मुल्य वढी भयो हाल सरकारले तोकेको रकममा कम्तीमा पनि ८० प्रतिशत घटाउनका लागि हामीले समिति बनाएरै केन्द्र सरकारलाई लेखिपठाएका छौ ५० प्रतिशत घटने आवश्वसन पाएका छौ हाम्रो माग ८० प्रतिशत रहेको छ नगरप्रमुख पोखरेलले पत्रकार सम्मेलनमा भन्नुभयो ।

कनकाई नगरपालिकाले जग्गा धनीपुर्जा बितरणको कामका लागि नेपालमै सबैभन्दा धेरै काम गरेपनि आयोगले बाटो, नदि, वन भन्दै बस्ती बसेको धनीपुर्जा दिन अस्वीकार गर्दा समस्या भएको र यसलाई समेत चाडो निकास दिनका लागि सरकारसमक्ष आग्रह र दवाब बनाइरहेकोले चाडै धनीपुर्जाको काम सम्पन्न हुने पोखरेलको भनाई थियो । बढी रकम धनीपुर्जाको घटाउनका लागि हामीले राजनैतिक रुपमै नगरस्तरीय समिति बनाएका छौ भने दलित सुकुम्बासी र भुमिसहिन सुकुम्वासीका लागि हामीले निशुल्क रुपमा प्रदान गर्ने जग्गाको धनीपुर्जा बितरणको काम हामीले गरिरहेका छौ पोखरेलले भन्नुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार