हल्दिबारी, १७ श्रावण। हल्दीबारी गाउँपालिकाले जग्गा वगीकरण गर्दा अवैज्ञानिक विधि अपनाएपछि पालिका बासिन्दा आन्दोलित भएका छन् ।
जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले समयुक्त रुपमा पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिकामा राप्रपाले बहुमतको आडमा स्थानीय सरोकारवाला दल तथा संघ संस्थाको समन्वयविना एकलौटी ठेकका मार्फत जग्गा वगीकरण गरिएकोमा दलहरुले आपत्ति समेत जनाएका छन् ।
जग्गा वगीकरणको बारेमा स्थानीय नागरिकलाई समेत सूचना प्रवाह नगरी आवास तथा कृषि जग्गा बीच भिन्नता समेत नहुने गरी आएपछि स्थानीय त्रसित हुन पुगेको भन्दै दलहरु आनदोलित भएका हुन् । सडक छेउछाउका जग्गा पनि कृषिमै राखिएको छ भने स्थानीयको साविक जग्गा गायव भएको देखिएको भन्दै दलहरुले अविलम्ब सच्चिन चेतावनी समेत दिएका छन् । एक हप्ता भित्र जग्गा वर्गीकरण नसच्चिए धर्नादेखि तालाबन्दीसममको कार्यक्रम अगाडि बढाइने नेकपा एमाले हल्दिवारी इन्चार्ज नरेश चुडालले जानकारी दिएका छन् ।
ज्ञापन पत्रमा नेकपा एमालेका हल्दिवारी अध्यक्ष त्रिलोचन सापकोटा, नेपाली काँग्रेसका पालिका सभापति गंगा प्रसाई र नेकपा माओवादी केन्द्रकी कार्यवाहक अध्यक्ष टिका राउतद्वारा जारी विज्ञप्तिमा भनिएको छ–स्थानीय सरकार जनताको घरदैलोको सरकार हो। जनताको मर्म र भावना बमोजिम छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउनु स्थानीय सरकारको कर्तव्य हो । जनताको विकासप्रतिको तिव्र चाहानालाई पुरा गदै- समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता, विकृति, विसंगति र वेतिथीको अन्त्य गर्न स्थानीय स्तरदेखि नै विधिको शासनको परिपालना गर्ने / गराउने व्यवस्था मिलाउनु वर्तमानमा स्थानीय सरकारको दायित्व हो । तर, स्थानीय सरकारको रुपमा रहेको हल्दीबारी गाउँपालिका स्थानीय जनताहरुको समस्या र आवश्यकतालाई सम्बोधन गर्ने भन्दा पनि नागरिकहरुलाई सास्ती दिने कुरामा उद्यत देखिएको छ। त्यसको पछिल्लो उदाहरणको रुपमा हालै हल्दीबारी गाउंपालिकाले स्थानीय नागरिकहरुसंग महत्वपूर्ण सरोकार राख्ने भु उपयोग योजना तर्जुमा र जग्गा वर्गिकरणको सन्दर्भमा अपनाएको विधि, प्रकृयालाई हेर्दा प्रष्ट हुन्छ। गाउँपालिकाको भू उपयोग सम्बन्धि योजना तर्जुमा र जग्गाको वर्गिकरण गर्ने जस्तो महत्वपूर्ण विषयमा पर्याप्त प्रचार प्रसार, छलफल र जानकारी सम्प्रेषण गर्नु पर्नेमा सो नगरी गाउँपालिकाले जग्गा वर्गिकरणको प्रकृया अगाडी बढाएको छ । अत: हल्दीबारी गाउँपालिकाले हालै अगाडी बढाएको जग्गा वर्गिकरणको प्रकया लगायत निम्न विषय तत्काल सच्याएर अगाडी बढ्न गाउँपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौं ।
तपशिल:
१. स्थानीय नागरिकहरुसंग अत्यन्तै महत्वपूर्ण हिसाबले सरोकार राख्ने भु उपयोग योजना तर्जुमा र जग्गा वर्गिकरणको प्रकृयाको सम्बन्धमा पर्याप्त प्रचार प्रसार, छलफल र जानकारी सम्प्रेषण नभएको हुँदा हालै मात्र गाँउपालिका बाट बर्गिकरण समपन्न गरि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा पठाइएको वर्गिकरण मा आफ्नो जग्गाको वर्गिकरणको सम्बन्धमा नागरिकहरुले जान्न र कानुन बमोजिम सच्याउन पाउने अधिकारको सुनिश्चित गरियोस् ।





