काठमाडौं १७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिदै सत्ताको फोहरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले  पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार सत्ता केन्द्रित नभई बिचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे । थापाले भने ” संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट ब्यबस्थाको लागि जनआन्दोलनको बिकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस् , हामी सङ्गै आन्दोलनमा जान तयार छौ,नेतृत्व समस्याको बिषय हुदैन” ।

थापाले केशरबहादुर बिष्ट ,दुर्गा प्रसाईं , किशोरी महतो लगायत विभिन्न समुहमा रहेका शक्तीहरुलाई पनि एकताबद्ध भएर  आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे ।अहिले हामीलाई आन्दोलन चाहिएको छ ,निकास चाहिएको छ, बिकास चाहियको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो भदै थापाले अहिले हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र  पद प्रतिष्ठा गौण बिषय हुने समेत थापाले बताए । सो अबसरमा तत्कालिन सङ्खुवासभा जिबिसका सभापति पदमकेशर कार्की र पर्सा जिबिस सभापति शम्भु चौरसियालाई थापाले दोसल्ला ओढाई सम्मान समेत गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार