लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्ष गर्दै आएका डा.गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका छन् । उनले सोमबार पत्रकार सम्मेलनमा गर्दै आफ्ना मागहरु पूरा नभए साउन २९ गतेदेखि पुनः सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

तर, पछिल्लो उनले अनसनकै कारण नेपालको मेडिकल शिक्षा समस्यामा परेको स्वास्थ्य व्यवसायीहरुको आरोप छ । डा. केसीले अनसन बसेकै कारण नेपालमा मेडिकल शिक्षाको भरोसा समेत गुम्न थालेको व्यवसायीहरु बताउन थालेका छन् ।

डा. गोविन्द केसीको अनसनले नेपालको मेडिकल शिक्षाको अवस्था कता जाँदै भन्ने सीटीईभीटीको तथ्यांकले पनि देखाउन थालेको मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले जानकारी दिए ।

स्वदेशका स्कुल–क्याम्पसको पठनपाठन गुणस्तरीय नहुँदा र शिक्षालाई रोजगारसँग जोड्न नसक्दा अध्ययनका लागि धेरै नेपालीहरु विदेशिन थालेको उनले बताए । ‘एकतिर डा.गोविन्द केसीको अनसनले मेडिकल शिक्षा धरापमा परेको छ । अर्कोतिर रोजगारीको अवसर खोज्दै बिदेसिने नेपाली विद्यार्थीको संख्या उच्च छ । केसीको अनसनमा केही सिमित व्यक्तिको स्वार्थ मिसिएको छ ।’ उनले भने, ‘मेडिकल शिक्षाका लागि बाहिर जानेको संख्या बढ्छ । मैले यो विषयमा १० वर्षदेखि आवाज उठाउँदा आएको छ । नेपालबाट विदेश जाने नर्स र डाक्टरको संख्या बढ्यो, देशको स्वास्थ्य प्रणाली बिग्रन्छ भनेर धेरै प्रश्नहरू उठिरहेका छन् ।’

एउटा व्यक्तिका कारण नेपालको मेडिकल शिक्षा बिग्रिएको छ । जसका कारण यसरी अनसनका कारण नेपालको स्वास्थ्य क्षेत्रमा समस्यामा पार्नु नहुने उनको भनाइ छ ।

प्रसाईले मात्र होइन पछिल्लो समय केसीको अनसनलाई लिएर मेडिकल शिक्षा पढ्ने विद्यार्थी र यो क्षेत्रका व्यवसायीपनि असन्तुष्ट देखिन्छ ।

नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि बंगलादेश, भारत, चीन, पाकिस्तानलगायतका देश जाने विद्यार्थीको संख्या पनि बढ्दो देखिन्छ ।

नेपालभन्दा विदेशीमा मेडिकल शिक्षामा विद्यार्थीको आकर्षण बढेको र यसमा केही कमजोरी भएको चिकित्सा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।

नेपालका विश्वविद्यालयमा विद्यार्थीको आकर्षण नहुनुको मुख्य कारण यहाँको शैक्षिक क्यालेन्डर व्यवस्थित नहुनु र अन्य कारण भनेको अनसनसँग आन्दोलन भएको उनले बताए । नेपालका सरकारी विश्वविद्यालयमै मेडिकल शिक्षा अध्ययन सहज भइरहेकाले अब बिदेसिने विद्यार्थीको संख्या कम हुँदै जाने उनको भनाइ ।

हाल ४३४ जना विदेशी विद्यार्थी नेपालमा मेडिकल शिक्षामा अध्ययनरत छन् । यस्तै अवस्था रहे यो संख्यापनि आगामी वर्षदेखि घटने आयोगकै अनुमान छ ।
कलेज बन्द भएपछि विदेशिदै विद्यार्थी

सीटीईभीटीको पछिल्लो तथ्यांकमा कोशीमा ४, मधेशमा ६, बाग्मतीमा ३५, गण्डकीमा ४, लुम्बिनीमा १७, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा एक वटा गरी पीसीएल तहको नर्सिङ अध्ययन अध्यापन गराउने ७३ वटा कलेज बन्द भएका छन् भने, एक दर्जनभन्दा एमविविएस अध्यापन गराउने कलेज पनि बन्द भएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।

यस्तै, कलेजको आफ्नै अस्पताल नभएका स्नातक तहका देशभरका १८ वटा कलेजका बीएस्सी नर्सिङ र बीएन कार्यक्रमसमेत बन्द भएका छन् ।

स्नातक तहको बीएस्सी नर्सिङ र ब्याचलर अफ नर्सिङलगायतका विषयको पढाइ बन्द हुँदा विद्यार्थीहरु भारत पढ्न जान बाध्य भएको समेत शिक्षा मन्त्रालय जनाएको छ । जसबाट विद्यार्थीसँगै ३० करोड ७८ लाख रुपैयाँ बाहिरिएको छ ।

हाल बन्द भएका ७३ वटा कलेज चलेको भए दुई हजार ९२० जना विद्यार्थीले स्वदेशमै अध्ययन गर्थे । तर, उनीहरु विदेशिँदा एक अर्ब ३८ करोड ७० लाख रुपैयाँ बाहिरिएको तथ्यांकले सीटीईभीटीको छ ।

सीटीईभीटीले एक जना विद्यार्थी बराबर पीसीएल नर्सिङ पढ्न खान र बस्नबाहेक ४ लाख ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । यो पैशा अहिले भारत र अन्य देशमा पुग्ने गरेको सीटीईभीटीको भनाइ छ ।

त्यस्तै ९ हजार ३९० सीटको प्रि–डिप्लोमा तहको पढाइ बन्द हुँदा एक विद्यार्थी बराबर एक लाख २५ हजारका दरले एक अर्ब १७ करोड ३७ लाख ५० हजार रुपैयाँ बाहिर गएको देखिन्छ ।

ऐनको दफा ४४ अनुसार ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र सबै नर्सिङ पढाउने कलेजहरुले आफ्नै १०० बेडको अस्पताल सञ्चालन गर्नुपर्नेछ । २०७७ सम्ममा ऐन लागू भएपछि अस्पताल सञ्चालनमा ल्याउनुपर्ने थियो । यो ऐनमै नेपालमा नर्सिङ कलेज फेजआउट गराउने नियत राखिएको देखिएको छ । साभार न्युजकाराेबार

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार