झापा ।  झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बाट प्रतिबन्धित लागूऔषध र नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी शनिश्चरेको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का अन्दाजी २५ बर्षिय निर्मल बुढाथोकीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

बुढाथाकीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ५ ग्राम १०० मिलिग्राम, मोवाइल १ थान र नगद १५ हजार रुपैयाँ फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको बुढाथोकीलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार