हल्दीबारी गाउँपालिकाले जग्गा वगीकरण गर्दा अवैज्ञानिक विधि अपनाएको भन्दै पालिकामा दलहरु आन्दोलित भइरहेका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापन पत्र बुझाई सकेका छन।

आज भु-उपयोग तथा जग्गा वर्गीकरण नीति विरुद्ध संयुक्त कार्यदल को हल्दिबारी रेड्क्रस भवनमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम तय गरेको छ । ध्यानाकर्षण पत्र बुझाएता पनि कुनै सुन्वाई नभएको भन्दै बाध्य भएर आन्दोलनका कार्यक्रम घोषण गरेको नेकपा एमाले हल्दिबारीका इन्चार्ज नरेश चुडालले हल्दिबारी डटकम लाई बताए ।

कार्यदलले संघर्षका कार्यक्रम लाई मजबुत बनाएर अगाडि बढाउने घोषण गरेको छ । साउन २१ र २२ गते ५ वटा नै वडाहरु मा संघर्ष समिति निर्माण गर्ने साथै वडावासीहरु लाई जगा वर्गीकरण को त्रुटि बारे जानकारी गराउने र साउन २३ गते गाउँपालिकामा धर्ना र कोणसभा कार्यक्रम आयोजना गर्ने बैठकले निर्णय गरेको बुझिएको छ ।त्यस पश्चात् पनि समाधान नआएमा आन्दोलनरत कार्यदलले स्थानीय जनताहरुको साथमा गाउँपालिका तालाबन्दी समेत गर्ने भएको छन। आन्दोलनलाई सफल पार्ने दलहरुले संयुक्त रुपमा विज्ञाप्ति पनि जारी गर्ने बुझिएको छ ।

 

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार