झापा । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् ।

आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए ।

पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
जनसभामा सभापति लामिछाने सहित महामन्त्री डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रिय सदस्य तथा संघीय सांसद मनिस झा, नीशा डाँगी, रमेश प्रसाई लगायतले सम्बोधन गर्ने छन् ।

जनसभा बिर्तामोड , दमक सहित विभिन्न पालिकामा आयोजना हुने बताइएको छ ।
श्रावण ३२ गते इलामको सुर्योदय नगरपालिकाको जनसभा लाई सम्बोधन गरेर झापा आउने लामिछानेको सचिवालयले जनाएको छ । बिर्तामोडको सिटि सेन्टर र दमक चोकमा रहेको गोर्खा डिपार्टमेण्टको प्राङ्गणमा हुने छ ।
लामिछाने सांसद निर्वाचित भएपछि पहिलोपटक झापा आउन लागेका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार