ताप्लेजुङ । आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको अभियोगमा मैवाखोला गाउँपालिका-५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले आफ्नै आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार