हल्दिवारी – २ स्थित सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक तुलसा खतिवडा दाहाल र उहाँ कि छोरी सलोनी दाहालले कक्षा १२ ( NEB) को अन्तिम परिक्षा उतिर्ण गरेका छ्न् ।

आमा तुलसाले लक्ष्मी मावि हल्दिबारीबाट परीक्षा दिएकी थिइन भने छोरी सलोनीले एमरेल्ड एकेडेमी भद्रपुरबाट परीक्षा दिएकी थिइन् । आमाले शिक्षा संकाय र छोरीले व्यवस्थापन सङ्कायबाट परीक्षामा सामेल भएकी थिइन । तुलसाको घर हल्दिबारी- २ पाराखोपी हो ।

आमा–छोरीले एकैसाथ १२ उत्तीर्ण गर्दै उच्च शिक्षा अध्यन गर्ने अवसर प्राप्त गर्नु भएकोमा हल्दिवारी डटकम परिवार बधाई एवं शुभकामना व्यक्त गर्दछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
24
+1
18
+1
3
+1
2
+1
3
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार