उपरोक्त सम्बन्धमा हालै धरानमा तारेखमा रिहा भएका अपराधी सहितका समूहद्वारा सार्वजनिक रूपमा गोरूको हत्या गरि आयोजना गरिएको भोज प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा धार्मिक द्वन्द निम्त्याउने आपराधिक समूहद्वारा घटाईएको उक्त जघन्य क्रियाकलापको विश्व हिन्दू परिषद् नेपाल घोर भत्र्सना गर्दछ  ।

गाई (गौवंश) नेपालको राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातनी हिन्दूहरुको आस्था एवं अन्तर आत्मासंग समेत जोडिएको तथ्य सर्व विदितै छ । हिन्दूहरु गौवंशलाई भगवानको रुपमा पुज्ने गर्दछन । गौवंशको हिन्दू धर्ममा धार्मिक महत्व रहनुका साथै वैज्ञानिक रुपमा समेत विशेष महत्व रहेको छ ।

नेपालको कानुनले गौहत्यालाई पूर्णतः वर्जित गरेको भएता पनि दिनानुदिन गौ हत्याको घटना बढनु गम्भीर एवं चिन्ताजनक विषय हो । कानुनमा गौहत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरिएता पनि व्यवहारमा दण्डहीनता मौलाएको देखिन्छ ।

घटनामा संलग्न रहेका अपराधीहरूले सार्वजनिक रूप मै गौमांसको भोज आयोजना गर्दै भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा समेत प्रहरी प्रशासन मौन रहनुले प्रहरी प्रशासनको चरित्रमा समेत प्रश्न चिन्ह खडा भएको छ । यसपूर्व धरान स्थिति एक हिन्दू मन्दिरको गरिमा विपरित चर्च स्थापनामा धरानका नगर प्रमुखको मौन समर्थन एवं संलग्नताले धरानमा हिन्दू विरोधी तत्वको मनोबल बढेको देखिन्छ ।

यस किसिमको घटनाक्रमले बारम्बार हिन्दू समुदायको आस्था एवं भावनामा गम्भीर चोट पु¥याउँदै खेलवाड गर्दै आएको छ । गौहत्यामा संलग्न अपराधीहरुलाई समय मै कानुनी दायरामा ल्याईएन भने समाजिक सद्भावमा समेत खलल पुग्ने देखिन्छ ।

नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौवंश हत्यामा संलग्न अपराधी एवं यस प्रकृतिका अपराधीलाई बचाउन खोज्ने तत्व समेतलाई कडा भन्दा कडा कारवाही गर्न विश्व हिन्दू परिषद नेपाल सम्बन्धित निकाय समक्ष हार्दिक अपिल गर्दछ । कुनै पनि बहानामा यस्ता अपराधीलाई जोगाउने प्रयास गरियो भने हामी कठोर कदम चाल्न बाध्य हुनेछौं र तत्पश्चात सिर्जना हुने परिस्थितिको जिम्मेवार सम्बन्धितपक्ष स्वयं हुनेछ ।
जय श्री राम । नेपाल आमाको जय ।।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार