मोरङ, भदौ १ गते । मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा मोटरसाईकलमा सवार बिराटनगर-१९ का २१ बर्षीय अशोक राई र बिराटनगर-२० का २१ बर्षीय बिश्वराज राईको साथबाट ३ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर बरामद गरेसगै प्रहरीले पक्राउ गरेको हो । ‍

लागुऔषध सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय रानीमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार