मोरङ, भाद्र ०२ गते । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो साडे ३ बजे मोरङको उर्लाबारी नगरपालिका-३ सोल्टी पुल स्थितमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे १ ख २४२३ नम्बरको बसमा सोही दिशा तर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाईकल पछाडीबाट ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक झापाको कमल गाउपालिका-१ का ४३ बर्षीय गोपाल प्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो ।

त्यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका- १० स्थित स्वर्गिय मदन भण्डारी स्मृती लोकराजमार्गमा हिजो साझँ ५ बजे गाईघाटबाट बेल्टारतर्फ आउदै गरेको ना. ६ त ६६१८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषा जिल्लाको मिथिला नगरपालिका-११ का १७ बर्षीय सुरज मगरको उपचारको क्रममा धरानको घोपा क्याम्पमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार