हल्दिबारी । झापाको हल्दिवरी गाउँपालिका वडा नम्बर – २ , सरस्वती आ.वि. परिसरमा बसोबास गर्दै आएकी एक महिलाको बिषालु सर्पको टोकाईले मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राम राजवंशीकाे श्रीमती ५३ बर्षिय जितन राजवंशी रहेको पुर्व वडा सदस्य खगेन राजवंशीले जानकारी दिएका छ्न् ।

हिजो दिउँसो घरमै बिषालु सर्प करेन्टले टोकेपछि उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली सैनिक अस्पताल पुर्याएकोमा अवस्था जटिल बनेपछि थप उपचारको लागी विएण्डसि अस्पताल बिर्तामोड पुर्याएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेको थिए ।

मृतक  राजवंशीकाे २ छाेरा र २ छाेरी रहेका छन् र आज ९ बजे स्थानीय देउनिया नदिमा दाहसंस्कार गरिने आफन्त जनले बताएका छ्न

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
2
+1
1
+1
29
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार