सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । यसअघि सोमबार नै बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानन्यायाधिशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदित गरेको थियो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो । उनी करिब १४ महिना प्रधानन्यायाधीशका रुपमा रहनेछन् । सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मिएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

विज्ञप्ति –

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार