बिर्तामोड ।झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर हिजो श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते भएकी छिन् ।

करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ९ निवासी २४ वर्षीय अमृत रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो ।
श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन जाँदा श्रीमानलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर दम्पती नै घाइते भएका थिए । घाइतेमध्ये अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रिजालले बताए ।

घाइते ममतालाई   बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भई रहेको र उनी खतरा मुक्त रहेको अस्पतालले जानकारी दिएको  छ ।  घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
14
+1
3

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार