काठमाडौं,७ भदौ । धादिङमा बुधबार भएको बस दुर्घटनामा परि निधन भएका ८ जनाकै सनाखत भएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशुली नदिमा खसेको थियो । उक्त दुर्घटनामा परि ८ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परि मृत्यु हुनेमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका-६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका-५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन्।

घाइते १५ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस ओभरट्याक गर्न खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार