काठमाडौं । साउनयता २५ वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार ३५ दिनको अवधिमा २५ वटा संस्था कालोसूचीमा परेका छन् ।

केही सहकारी पहिलो पटक कालोसूचीमा परेका हुन् भने केही पटक-पटक परेका छन् । कालोसूचीमा धेरै नाम चलेका सहकारीसमेत परेका छन् ।

विभिन्न व्यक्ति र संघ-संस्थाले दिएको उजुरीका आधारमा केन्द्रले ती सहकारीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा बचत तथा ऋण सहकारी, बहुद्देश्यीय सहकारी, कृषि सहकारीलगायत छन् ।

केन्द्रका अनुसार कालोसूचीमा पर्ने सहकारीमा डिलीबजार पिपलबोट सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ २ पटक कालोसूचीमा परेको छ । उक्त सहकारीका वविता श्रेष्ठ, कुलबहादुर बानियाँ, मदन कार्की, सागर काफ्ले, सुवास दाहाल, सुरेश बानिया, उज्वल लामा ब्लोन कालोसूचीमा परेका छन् ।

यस्तै शिखरदीप बहुद्देश्यीय सहकारी संस्था कालोसूचीमा परेको छ । संस्थाका दिपक शाही, केदारनाथ शर्मा, लिलानाथ गौतम कालोसूचीमा परेका छन् । तुलसी बहुमुखी सहकारी संस्था २ पटक कालोसूचीमा परेको छ ।

कालोसूचीमा नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था र संस्थाका भक्तबहादुर बुढाथोकी, भिसेनबहादुर तामाङ, भीम महर्जन, हस्त रावत, केशव श्रेष्ठ, खिलप्रसाद खनाल, कुमार बहादुर बुढा छन् । यो सहकारी ३ पटक कालो सूचीमा परेको छ ।

मेगा ड्रिम बहुद्देश्यीय सहकारी संस्था र संस्थाका इन्द्रप्रसाद गेलाल र महाशंक रेग्मी पनि कालोसूचीमा परेका छन् । शिवशिखर बहुद्देश्यीय सहकारी संस्था र संस्थाका लीलानाथ गौतम र शुशील बानिया ३ पटक कालोसूचीमा परेका छन् ।

केन्द्रका अनुसार उमा गौरी कृषि सहकारी संस्था, प्रारम्भिक सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, बिन्दवासिनी बचत तथा ऋण सहकारी र साना वित्त विकास बहुद्देश्यीय सहकारी संस्था कालोसूचीमा परेको छ ।

यस्तै नेपाल मोडल बहुद्देश्यीय सहकारी संस्था र संस्थाका दिपक भण्डारी, भरत गिरी, सीता थापा कालोसूचीमा परेका छन् । यो संस्था २ पटक कालोसूचीमा परेको छ ।

यस्तै नागरिक विकास सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, ग्रिनरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, ओम शान्ति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, आगन्तुक सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ र नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था कालोसूचीमा परेका छन् ।

श्री जनशक्ति बचत तथा ऋण सहकारी संस्था ( संचालक डम्बरबहादुर बस्नेत ,मधुमाया लाखा ,रविन ट्याटा र संगीता कवन ) र साकुरा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ कालोसूचीमा परेका छन् । अरुण उपभोक्ता सहकारी संस्था र संस्थाका दिपक घिमिरे, गणेश पोखरेल, ईश्वर घिमिरे, राजु घिमिरे, सन्तोष श्रेष्ठ र उमेश घिमिरे कालोसूचीमा परेका छन् । यो संस्था २ पटक कालोसूचीमा परेको छ ।

यस्तै मित्रमिलन बचत तथा ऋण सहकारी, लुम्बिनी बचत तथा ऋण सहकारी, कर्नर सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, माझी गाउँ बहुद्देश्यीय सहकारी संस्था, सुविधा कृषि सहकारी कालोसूचीमा परेका छन् । न्यु भिजन बचत तथा ऋण सहकारी संस्था ४ पटक कालोसूचीमा परेको छ ।

सहकारी संस्थाहरुले सदस्यको पैसा सेयर बजार, घरजग्गा जस्ता क्षेत्रमा लगानी गर्ने र सञ्चालक आफैंले कर्जा लिएर घरजग्गा कारोबार गर्दा लिएको कर्जा समयमा भुक्तानी गर्न नसक्दा कालोसूचीमा पर्ने क्रम बढ्दै गएको छ ।

खातामा पर्याप्त रकम नभई चेक काटेर कालोसूचीमा पर्नेहरुको संख्या बढ्दै गएको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा खातामा पर्याप्त रकम नभई चेक जारी गर्ने र त्यो चेक ३ पटकसम्म नसाटिएपछि रकम पाउने व्यक्तिले सम्बन्धित बैंकमा लिखित उजुरी दिएपछि कालोसूचीमा राख्ने व्यवस्था छ । तीन पटकसम्म चेक नसाटिएको प्रमाणित भने गर्नुपर्छ ।

बैंकले उजुरी परेपछि खातामा रकम जम्मा गर्न तत्काल ७ दिनको सूचना जारी गर्नेछ । खातावालाले तोकिएको समयभित्र आवश्यक रकम जम्मा नगरेमा बैंकले कालोसूचीमा राख्ने गरेको छ ।

यस्तै खातावालाले चेक काट्ने र चेक नसाटी खाता बन्द गरेको अवस्थामा पनि कालोसूचीमा राख्ने व्यवस्था छ । राष्ट्र बैंकले २०७६ मा एकीकृत निर्देशिका जारी गर्दै चेक बाउन्स भए कालोसूचीमा पर्ने व्व्यववस्था गरेको छ ।

कर्जा सूचना केन्द्रमा २० वटा वाणिज्य बैंक, ८ वटा राष्ट्रियस्तरका विकास बैंक, ९ वटा क्षेत्रीयस्तरका बैंक, १८ वटा फाइनान्स कम्पनी, ५७ वटा माइक्रोफाइनान्स, १० वटा हायर पर्चेज कम्पनी, ५ वटा सहकारी, एउटा पूर्वाधार विकास बैंक र एक अन्य कम्पनी आबद्ध छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार