हल्दिबारी । हल्दिबारी –२ स्थित हल्दिवारी माविकी छात्रा करुणा विश्वकर्माले माध्यमिक तह कक्षा १२ को परीक्षामा पालिकाकै उत्कृष्ट अंकका साथ प्रथम भएको दावी गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको परीक्षा फल अनुसार विश्वकर्माले कक्षा १२ को परीक्षामा ३.७१ जि.पि.ए अंक प्राप्त गरी पालिका प्रथम भएको प्रधानाध्यापक टंकबहादुर पाख्रिनले दावी गरेका हुन् ।

व्यवस्थापन संकायमा अध्यनरत विश्वकर्माले हल्दिबारी गाउँपालिका भित्र सञ्चालनमा रहेका माध्यमिक विद्यालयका विद्यार्थी सवैलाई उछिनेर प्रथम भएको विद्यालयको दावी रहेको छ ।

कक्षा १२ सम्म अध्ययन गर्दा विश्वकर्मा लगनशील र मेहनती भएकाले परीक्षा परिणाम राम्रो आएको प्रधानाध्यापक पाख्रिनको भनाइ छ । यता उत्कृष्ट विद्यार्थी करूणा सरकारी विद्यालय भए पनि पठनपाठनमा राम्रो वातावरण पाएकाले राम्रो परीणाम ल्याउने अवसर मिलेको बताउँछिन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
30
+1
1
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार