काठमाडौं । भारत सरकारले भारतमा नै स्थानीय रुपमा विद्युतीय गाडी उत्पादन गरेमा विभिन्न रुपमा कर छुट दिने व्यवस्था गर्न लागेको छ । भारत सरकारले हाल गाडी निर्माता कम्पनीहरुले भारतमा नै विद्युतीय गाडीको निर्माण गरेमा गाडी आयातमा पनि छुट दिने कानुन निर्माण गरिरहेको छ ।

भारतमा आफ्नो उत्पादन कारखाना स्थापना गर्नका लागि हाल विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले लबिङ गरिरहेको छ । टेस्लाको दबाबका बीच भारतमा यस्तो कानुन बनिरहेको रोयटर्सले जाएको छ ।

तयार भइरहेको नीतिले गाडी निर्माताहरुलाई पूर्ण रुपमा बनेका विद्युतीय गाडीहरु पनि भारतमा ल्याउन सहज बनाउने छ । हाल शत प्रतिशतसम्म भन्सार महशुल्क लागिरहेको अवस्थामा त्यसलाई कम गरेर १५ प्रतिशतसम्म ल्याउने किसिमले नीति तयार गरिरहेको रोयटर्सले भारतका एक उच्च अधिकारीलाई उदृत गर्दै लेखेको छ । हाल भने ४० हजार अमेरिकी डलरभन्दा बढि पर्ने विद्युतीय गाडीमा शतप्रशित र त्यस बाहेकका गाडीहरुमा ७० प्रतिशत कर लाग्ने व्यवस्था भारतमा छ ।

भारतकी वित्तमन्त्री निर्माला सितारमणले भने यो विषयमा कुनै पनि किसिमले पुष्टि गरेकी छैनन् । उनले आफ्नो सामुन्ने कुनै प्रस्ताव नभएको बताएकी छिन् ।

तर, यो नीति बनिरहेको भन्दै रोयटर्सले स्रोतलाई उदृत गरेको छ । यस्तो नीति भारतमा अनुमोदन भएमा यसले भारतमा आयात हुने विद्युतीय गाडीको मूल्यमा निकै कमी आउनेछ । सँगै अन्तराष्ट्रिय विद्युतीय गाडी निर्माता कम्पनीहरुले भारतीय बजारमा पनि सहजै प्रवेश पाउनेछन् । हाल भारत विश्वकै तेस्रो ठूलो कारको बजार हो, जहाँ २ प्रतिशतभन्दा कम मात्रै विद्युतीय गाडीहरु सडकमा छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार