हल्दिवारी , धुर्वतारा बहुउद्देश्य विधुत उपभोक्ता समितिको पाचौं साधारणसभा तथा अधिबेशनको आज संस्थाका अध्यक्ष धनकेसर बस्नेतको अध्यक्षता तथा प्रदेश सभा सदस्य माननीय छविलाल चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

साधारणसभालाई प्रमुख अतिथि चुडाल , बिधुत प्राधिकरण झापाका प्रमुख राजमणी बजगाई ,बिधुत सामुदायिक उपभोक्ता महासङ झापाका अध्यक्ष चेतनाथ भट्टराई , वडा अध्यक्ष खड्ग बहादुर लावती , सहकारी कर्मी देवी प्रसाद ओलि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।


संस्थाको गतिविधि तथा आगामी कार्यक्रमको बारेमा अध्यक्ष धनकेसर बस्नेतले अध्यक्षको प्रतिबेदन प्रस्तृत गर्नु भएको थियोे भने कोषाध्यक्षको प्रतिबेदन सहसचिव नवीन मैनालीले बाचन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा स्वागत सहसचिव नवीन मैनालीले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण हरि गौतमको रहेको थियोे ।


समितिको लागि आगामी कार्यकालको ७ बटा क्षेत्र बाट १३ जना सदस्य निर्वाचित भएको र २ जना सदस्य खुल्ला निर्वाचित हुने व्यवस्था अनुसार सहमति जुट्न नसके पछि यहि सनिवार निर्वाचन हुने भएको छ । १५ सदस्य चयन पश्चात् अध्यक्ष लगायत पदाधिकारी चयन हुने व्यवस्था रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार