हल्दिबारी, १७ भदौ । श्री श्री १००८ बाबा गणिनाथ समावेशी समिति हल्दिबारीले यहि भदौ २२ गते शुक्रबारका दिन बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बाबा गणिनाथको मंदिर उत्घाटन कार्यक्रमको अवसर पारेर सेवा समितिले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको समितिका सदस्य मुकेश शाहले जानकारी दिए ।

हलुवाइ समुदायको कुल देउताको रुपमा मान्दै आएका बाबा गणिनाथको मन्दिर भदौ २१ गते उत्घाटन गर्ने कार्यक्रम रहेको छ भने २२ गते रक्तदान कार्यक्रम र २३ गते प्रसाद ग्रहणको कार्यक्रम रहेको मन्दिर सेवा समितिले जानकारी दिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार