हल्दिबारी, २२ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसर पारेर आज नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाको आयोजनामा विपद वेवस्थापनमा रेडक्रसको भुमिका विषय अन्तरमावि वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथित्यता तथा रेडक्रस झापाका मन्त्रि चन्द चुडालको विशिष्ट आतिथित्यतामा सम्पन्न भएको बकृत्वकला प्रतियोगितामा हल्दिबारी गाउँपालिका भित्रका १० निजि तथा सामुदायिक विद्यालयका १७ जना छात्र, छात्राहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको निर्णय मण्डलमा रेडक्रस झापाका मन्त्रि चन्द्र चुडाल उपशाखा हल्दिबारीका सचिव हरिकृष्ण अधिकारी र हल्दिबारी डटकमका प्रधान संपादक नेत्र विक्रम विमली निर्णय समितिमा रहनु भएको थियो ।

विद्यार्थीहरुले दिएको प्रस्तुति विषय उठान, विषय बस्तु र निर्कसको आधारमा छात्र तर्फ चिल्ड्रेन गार्डेन अंग्रेजी मा.वि जलथलका विशाल बन प्रथम, छात्रा तर्फ सिग्मा अंग्रेजी विद्यालयकी विमला ओली प्रथम त्यसै गरि छात्र तर्फ सिग्मा अंग्रेजी विद्यालयकका युवराज ढकाल दितिय र छात्रा तर्फ चिल्ड्रेन गार्डेन अंग्रेजी मा.वि. गोलधापका अम्विका महतो दितिय भएका थिए । त्यसै गरि छात्र तर्फ जनजागृति मा.वि.का हरिकिशोर घिमिरे तृतिय र छात्रा तर्फ पञ्चायत मा.वि. जलथलका दिपिका कार्की तृतिय भएका थिए भने चिल्ड्रेन गार्डेन अंग्रेजी मा.वि. गोलधापका छात्र सम्राट खरेल र चिल्ड्रेन गार्डेन अंग्रेजी मा.वि जलथलका छात्रा कविता मगरले सान्तोना पुरस्कार हासिल गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननिय छविलाल चुडाल लगायतले विजय छात्र, छात्राहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
5
+1
2
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार