झापा, २५ भदाै । प्यारागन एकाडेमीका पिन्सिपल डिआर सुवेदीको दुखद निधन भएको छ ।

अहिले साँझ ७ बजेर २० मिनेटमा कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको सुवेदी सवार प्रदेश १—०१—०१३ प १४१७ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जादै गरेको ग १ च ३२४८ नम्बरको बुलेरो जिपले ठक्कर दिँदा मोटरसाईकलमा सवार सुवेदी सख्त घाईते हुनुभएको थियो । उहाँको उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ निधन भएको अस्पताल स्रोतले जनाएको छ । सुवेदी बिर्तामोडबाट घर सुरुङ्गातर्फ आउदै गरेको हुनुहुथ्थियो । सुवेदी प्यारागन एकाडेमीका पिन्सिपल तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्ष समेत रहनुभएको थियो । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार