काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे) ले २६ औं वार्षिक उत्सवको अवसरमा अग्रज फोटो पत्रकार लगायत विभिन्न विधामा फोटो पत्रकारिता गरी रहेकाहरूलाई सम्मान गर्ने भएको छ ।

भाद्र २१ गते बसेको केन्द्रीय कमिटी बैठकले असोज ६ गते काठमाडौँको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा २६ औं वार्षिक साधारण सभासंगै विभिन्न फोटो पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । बैठकले राम गुरुङ, श्रीधरलाल मानान्धर, शेखर चौलागाई र प्रविन श्रेष्ठलाई वरिष्ठ फोटो पत्रकारको रुपमा सम्मान गर्ने निर्णय गरेको एनएफपिजेले जनाएको छ ।

त्यस्तै, ५ विधामा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, प्रेसिडेण्ट अवार्ड, माधव थापा साहसिक फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरूको नामसमेत टुङ्गो लगाएको छ।

५ विधामा प्रदान गरिने हरिगोपाल प्रधान पुरस्कार तथा पदकमा संस्कृति सम्पदातर्फ रत्न श्रेष्ठ, साहसिक फोटो पत्रकार पुरस्कार कल्पना महर्जन, पर्या– पर्यटनतर्फ अम्बिर तोलाङ्, मनोरञ्जनतर्फ सुरजकुमार श्रेष्ठ र खेलतर्फ विजय महर्जनलाई दिने निर्णय गरेको छ।

माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार नगद १० हजार सहित मुकुन्द कालीकोटलाई सम्मान गर्ने र कार्यसम्पादनको आधारमा संस्थाका कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरलाई प्रेसिडेन्ट अवार्ड दिने निर्णयसमेत गरेको छ । सोहि अवसरमा संस्थाले विभिन्न समयमा आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने संघसंस्थालाई पनि सम्मानपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार