कविता “बाल वेदना”  ( बालोरी छन्द)

हामी साना बालक छैन कापी कलम।
विद्यालय बन्द छ गुरुलाई सलाम ।।
विद्यालय हाम्रो त खोल्ने होला कहिले।
कापी कलम समेत बोकी आउ अहिले ।।

 

कोरोनाको कहर गारो भयो अहिले ।
छैन कापि कलम हात खाली जहिले ।
पढ्ने लेख्ने समय सबै भयो बेकार ।
अहिले नै भएउ गुरु हामी सिकार ।।

 

एक साल त्यसै पो बित्ने भयो घरमा ।
सबै तिर किन हो बन्द भयो डरमा।।
लेख पढ बन्द भो बस्छौ हामी घरमा ।
विद्यालय खुले छि आउने छौ डरमा।।

 

साना साना छौ हामी खेल्नलाई काँ जानी।
घर भित्र बसेको धेरै भयो के खानी ।।
बन्द भयो बेपार बाबा आमा घरमा ।
होला अब के गर्ने कोरोनाको डरमा ।।

 

गयो सब हाम्रो त यो सालको पढाइ ।
बडा दसैँ तिहार छैन हर्ष बढाइ ।।
संसारमा हुँदै छ रोग सँग लडाइँ।
सरकार के गर्छ खान छैन मलाई।।

 

बाल दिवसको सबैमा शुभकामना।
कोरोनाको कहरको कहानीमा आधारित बाल कविता।

राज कुमार कार्की
मे न पा-१५, झापा।
धन्यवाद ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार