हल्दिबारी, ३० भदौ । लामो समयदेखि वकालत गर्दै आएका पूर्णप्रसाद राजवंशी राजवंशी समुदायबाट सम्भव्त न्यायाधीश बन्ने पहिलो व्यक्ति हुने भएका छन् । झापाको दक्षिणी भेगमा अवस्थित कचनकवल गाउँपालिका वाड – ३ स्थायी घर भएका राजवंशी न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । राजवंशी कानुन व्यवसायीको समूहबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् । सिफारिस सूचीमा उनीसँगै ६ जना कानुन व्यवसायी पनि रहेका छन् ।

शुक्रबार बसेको परिषदको बैठकले राजवंशीसँगै २७ जनाको नाम सिफारिस गरेको थियोे । राजवंशी समुदायबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस हुने राजवंशी पहिलो व्यक्ति भएको कचनकवलका स्थानीय नवीन ढुंगानाले बताए ।

न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव रहेका श्यामकुमार भट्टराईसहित विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

परिषद्को सिफारिसअनुसार उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् । त्यस्तै शुक्रबारको बैठकले उच्च अदालत ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार