काठमाडौँ, ३० भदौ ः सरोकारवालाले युवाका नीति बने पनि कार्यन्वयनमा समस्या रहेकोले युवाका क्षेत्रमा काम हुन नसकेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले आज सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन-२०८०’ को ‘वर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र’ बिषयक अन्तरक्रिया कार्यक्रमम उहाँहरुले युवाका क्षेत्रमा धेरै नै नीति बने पनि कार्यन्वयनमा समस्या भएको बताउनु भउको छ ।

राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डा. मीनवहादुर श्रेष्ठले १६ औ पञ्चबर्षिय योजना बनाइरहेको र उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताउनुभयो ।

उहाँले युवाहरुलाई उपलब्ध गराउदै आएको सहुलितपूणर् कर्जा उत्पादन नबढेकोले कर्जा रोक्नुपरेको बताउनुभयो । “सहुलियतपूणर् कर्जा गयो । तर उत्पादन र रोजगारी पनि बढेन । त्यसैले हामीले अहिले रोकेको छौ,” उहाँले भन्नुभयो । कार्यक्रममा उद्योग तथा बाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याएपनि कार्यन्वयनमा समस्या भएकोले युवाको मुद्दा समाधान गर्न नसकिएको बताउनुभयो ।
उहाँले युवाका समस्या युवासंग बसेर छलफल गर्न सके युवाका क्षेत्रमा धेरै नै अगाडि बढ्न सकिने धारणा गर्नुभयो । उहाँले उद्यमशिल हुन तयार रहेका युवालाई सरकाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सचिव मरासिनीले स्टार्टअप सम्बन्धि कार्यविधि सवै निकायमा पुर्याइरहेको भन्दै संशोधनको हुन नसकेर कार्यविधिलाई जारी गर्न नसकेको बताउनुभयो । उहाँले पाँच महिना हुँदा पनि कार्यविधि बन्न नसकेर युवाका क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो । उहाँले अन्तरनिकाय मन्त्रालयबीच समन्वय नहुँदा युवाका समस्यालाई सम्बोधन गर्न नसकिएको बताउनुभयो । नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताउनुभयो ।

उहाँले आफूहरु पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको भन्दै तर लगानी नउठ्ने कि भन्ने जोखिम रहेकाले केही बैंकहरु उद्यमशीलतामा लगानी गर्न डराएको बताउनुभयो । “ऋण फर्कन सक्ने अवस्थामा हामी लगानी गर्दछौ । व्यापारीलाई सफल बनाउने के गर्न सकिन्छ त्यो गर्न हामी तयार रहेका छौ, ” उहाँले भन्नुभयो ।

उहाँले जनयुद्ध, भुकम्प र कोरोना भाइरसले गर्दा बैंकलाई समस्या परेको भन्दै उद्यमका अगाडि बढ्न चाहने युवालाई बैंकले सहयोग गर्न तयार रहेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाले उहाँले अहिलेका युवा धेरै क्रियटिभ रहेको भन्दै नीति नियमको परिमार्जन गरेर युवालाई उद्यमशीलता बनाउन आवश्यक रहेको भनाई राख्नुभयो ।

उहाँले सरकारले युवाका लागि ल्याइएको योजनामा राजनीतिकरण भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने भनाई राख्नुभयो । कार्यक्रममा उद्यागी पवन गोल्यानले स्थानीय तहसंग मिलेर युवालाई उद्यमशीलता बनाउनुपर्ने बताउनुभयो । “किसानले दुःख गरेर उत्पादन गर्दछ तर वेच्न सक्दैन । किसानले उत्पादन गरेको खाद्यबस्तुलाई वेच्ने वातावरण सरकारले बनाइदिनुपर्दछ ,”उहाँले भन्नुभयो ।

उहाँले सरकारले उद्योग खोल्नका लागि अप्यारो पार्न नहुने भन्दै बैंकले फाइदाको निश्चित प्रतिशत कृषिमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सवै नेपाली नेपालमा उत्पादन गरेको खानेकुरा खानुपर्ने भनाई राख्नुभयो । रिटर्नी माइग्रेशनका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, युवा शंकर उपाध्याय, मानवहादुर धनहामगर, तीर्थराज ढुंगेल, नारायण गिरि, आरती शर्मा लगायतले युवालाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार