झापा, ३१ भदाै । मेचीनगरमा बिल बिनाको मरेको माछा नियन्त्रणपछि नष्ट झापाको मेचीनगरबाट बिना बिलको मरेको माछा नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी चारआली, कोशी प्रदेश मत्छे किसान समूहका वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी र मेची मत्छे किसान समूह झापाका अध्यक्ष लक्ष्मी शिवाकोटीसहितको संयुक्त टोलीले मेचीनगर १३ स्थित चारआलीमा पूर्वबाट पश्चिमतर्फ सिटीमा लैजाँदै गरेको २४० केजी माछा नियन्त्रणमा लिएको हो । बिना बिलको मरेको माछा मुल्य ७५ हजार मुल्य बराबरको रहेको छ ।

नियन्त्रणमा लिएको माछालाई पशु क्वारेनटाइन कार्यालय काँकडभिट्टाका प्राविधिक टोली बोलाएर चेकजाँच गरिएको थियो । चेकजाँच गर्दा उक्त माछा खान अयोग्य देखिएकोले प्रहरी चौकी चारआलीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार