जलथल (झापा ) । नेपाल रेडक्रस सोसाइटी जलथल उप–शाखाको हिनामिना भएको रकम नगद र जग्गा गरि फिर्ता भएको छ ।
 उप–शाखाको बैंक खाताबाट पटक–पटक चेक काटेर संस्थाका तत्कालीन  सभापति  बिष्णु उप्रेतीले सभापति  भएको एक महिनामा करिब १२ लाख हिनामिना गरेको तथ्य सार्वजनिक भएपछि   एक बर्ष देखि ऊनी फरार रहेका थिए ।
 उप्रेती २०७६ सालमा  उप- शाखाको सभापतिमा निर्वाचित भएको र कार्यसमितिलाई थाहा नै नदिई कोषाध्यक्ष सुरेन्द्र बारकोटीलाई खाली ३ वटा चेकमा सहि गराएर करिब १२ लाख निकालेको बाहिरिएपछी उनी एक बर्षदेखी सम्पर्क बिहिन भएका थिए ।
 २०७८ फाल्गुन १४ गते रेम खरेलको नेतृत्वमा नयाँ समिति बनेपछि तत्कालीन समितिले बुझ बुझारत गर्न गराउन नआएपछि नयाँ समिति बनेको करिब ४ महिनापछि नयाँ समितिले चेकजाँच गर्दा करिब १२ लाख हिनामिना भएको पत्ता लागेको थियो ।
त्यसपछि उक्त घटना बाहिरिएसँगै तत्कालीन सभापति  बिष्णु उप्रेती फरार भएका थिए । लामो समयको प्रयत्न पछि खाली चेकमा सहि गरेर दिएका बारकोटीले ६ लाख नगद र उप्रेतीका  भाईबाट १ कठ्ठा  ५ धुर जग्गा ( ७ लाख ५० हजार मुल्य ) बराबरको जग्गा संस्थाका कार्यसमिति सदस्य अग्नि प्रसाद सिवाकोटी र  रेडक्रस यसस्कर सदस्य राजेन्द्र मैनालीको नाममा पास गरिदिएको उप- शाखा सभापति रेम खरेलले बताए ।
जिल्ला प्रहरी कार्यालय झापाले  उप्रेती ,बारकोटी र रेडक्रसका प्रतिनिधि बिच सहमति गराएको र त्यसै बमोजिम नगद बैंकमा जम्मा गरिएको छ भने जग्गा तत्काललाई बेचबिखन गर्न सजिलोको लागी संस्थाका सदस्यको नाममा पास गर्नु परेको सभापति खरेलले जानकारी दिनु भयो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार