झापा, ०२ असाेज । झापाको काँकडभिट्टा नाकाबाट तीन नेपाली बालकको उद्धार गरिएको छ ।

अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी नेपालमा सशस्त्र प्रहरीलाई जिम्मा लगाएको थियो ।उद्धार गरिएका बालकहरू मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिनु भएको छ

बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले एसएसबीसँग समन्वय गरेको थियो ।

एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राति साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको डीएसपी कटुवालले बताउँनुभयो । त्यसपछि बालकहरूलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाउनका लागि नेपालस्थित विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार