इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नं. २ मा हुने उप निर्वाचनको लागि महेन्द्र थापालाई अघि सार्ने भएको छ । संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन पछि उक्त क्षेत्रमा उप निर्वाचनको लागि एमालेबाट झलनाथ खनाल र कांग्रेसबाट डम्बर खड्काको नाम चर्चामा आएकै बेला रास्वपाबाट आर्किटेक्ट इन्जिनियर महेन्द्र थापाको नाम चर्चामा आएको छ ।

नेकपा एमालेले स्व.सुवास नेम्वाङका छोरा सुवाङ्ग नेम्वाङलाई बावुकाे स्थानमा उम्मेद्वारी दिने सक्ने हल्ला चलिरहेको बेला नेकपा समाजबादीले कोशी प्रदेश सरकार गठनमा एमालेलाई सहयोग गर्ने र पार्टी एकताको विषयलाई सहज बनाउन पुर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई उम्मेद्वार बनाउने संभावना बलियो रहेको एमाले स्रोतले बताएको छ । गत निर्वाचनमा स्वर्गीय नेम्वाङ संग झिनो मतले पराजित खड्का पनि ससक्त उम्मेद्वारको रुपमा देखीएका छन् ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्तिले रास्वपालाई नजिकबाट हेरीरहेको बेला बौदिक ब्यक्तित्व समाजसेवी, आर्किटेक्ट इन्जिनियर महेन्द्र थापाको नाम चर्चामा आएको छ । पछिल्लो समय रास्वपाको पढ्दो लोक प्रियताको कारण इलाम २ मा त्रिपक्ष भिडन्त हुने देखिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
8
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार