८ गते,आश्विन काठमाडौं/ “रक्त व्यवस्थापनमा सबैको सहभागीता” मूल मर्मलाई आत्मसात् गर्दै हाल भईरहेकाे रगतकाे माग र आपूर्तिमा मेल हुन नसकि उपचारार्थ विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरूकाे जीवन रक्षार्थ रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनी नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा देशभर  रक्तदान कार्यक्रमकाे आयाेजना गर्न/गराउन गरिएको आह्वानलाई मुर्तरूप दिंदै आज काठमाडौं महानगरपालिका वडा नं. २८ स्थित धाेबिधारामा सिन्ह्वा ब्वाय्‌ज हाेस्टेलबाट प्रथम पटक आकस्मिक रक्तदान कार्यक्रम आयाेजना गरियाे ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्”का साथै “राष्ट्रिय रक्त नायक”बाट बिभूषित हुनुभएका स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे विशेष उपस्थितिमा आयाेजित साे कार्यक्रमकाे सभापतित्व सिन्ह्वा ब्वाय्‌ज हाेस्टेलका सञ्चालक सुजन श्रेष्ठले गर्नुभएको थियोे ।

साे कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले कार्यक्रम आयाेजक सिन्ह्वा ब्वाय्‌ज हाेस्टेलका सञ्चालक सुजन श्रेष्ठलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियोे ।

काठमाडौं महानगरपालिका वडा नं २८ का सदस्य एवं क्लब २८ का अध्यक्ष अरूण तण्डुकार समेतले रक्तदान गर्नु भएको उक्त कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका संस्थापक सदस्य प्रचण्ड कारञ्जितले रक्तदाता बाय्‌ज(Donor pin) लगाई धन्यवाद एवं बधाई ब्यक्त गर्नुभएको थियो ।

जम्मा ४२ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नु भएको साे कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्”का साथै “राष्ट्रिय रक्त नायक”बाट बिभूषित हुनुभएका स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रशंसा-पत्र प्रदान गरि सम्मान जाहेर गर्नुभयो थियोे भने कार्यक्रमकाे अन्तमा नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रबाट सिन्ह्वा ब्वाय्‌ज हाेस्टेललाई धन्यवाद-पत्र पनि प्रदान गर्नुभएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार