हल्दिबारी, १८ असोज । हल्दिबारी गाउँपालिका क्षेत्र भित्र भारतबाट ल्याएका माछाहरु गाउँपालिकाले प्रतिवन्द गरे पनि केहि ब्यापारिहरुले खुलेआम माछा बिक्रि वितरण गरिरहेको पाइएको छ ।

पालिकाको निर्णय अनुसार हल्दिबारीका बजारहरुमा भारतबाट फर्मालिन मिसावट गरिएका मरेका माछाको बिक्रि बितरणमा प्रतिवन्द गरेको थियो ।

यस गाउँपालिका भित्रका गोल्धाप, मंगलबारे, कन्चनश्री, ढडुवा र बडाबारी बजारमा माछा ब्यापारिहरुले नेपालमै उत्पादित जिउँदो माछाहरु बिक्रि वितरण गरिरहेका छन् भने वडा नं. २ को पाराखोपी र भजनचोकमा भने ब्यापारिहरुले भारतबाट आयातित मरेका माछाहरु बिक्रि बितरण गरेको देख्न सकिन्छ ।

यी ब्यापारिहरुले गाउँपालिकाको सुचनालाई समेत अटेर गरि माछा बिक्रि गर्नु र स्थानिय प्रसाशनले चेकजाँच नगर्नुले ताजा माछा बेच्ने ब्यपारिहरु मारमा परेको बताउँछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
5
+1
2
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार