ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
आज पार्टीको ललितपुर जिल्ला कार्य समितीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले ०६२/०६३ को परिबर्तन पछि मुलुकमा लागू गरिएको “रोडम्याप” ले मुलुकलाई गति दिन नसकिने दाबी  गरे ।
अब राजा सहितको प्रजातन्त्र , सर्ब धर्म समभाब र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुअधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आबश्यक रहेको जिकिर गर्दै थापाले मुलुकमा कायम भ्रष्टाचार,बेतिथी,धर्म परिबर्तन र कुशासनको अन्त्यको लागि आन्दोलनमा जोड दिए । संगठन निर्माण सङ्गै आन्दोलनको ब्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरे। मुलुकमा रहेको ब्रम्हलुटको अन्त्य र प्रमुख दलका केहि प्रमुख नेताहरुको सेण्टिगेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए ।
कार्यक्रममा महामन्त्री भाष्कर भद्रा, जिल्ला अध्यक्ष सुदर्शन केसि लगायत भातृ संगठनका प्रमुखहरुले मन्तव्य ब्यक्त गरेका थिय ।  कार्यक्रमबाट  आगामी असोज २७ गते राप्रपा नेपाल ललितपुरको आयोजनामा लगनखेलमा सभा गर्ने निर्णय गरेको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार