बिर्तामोड, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उहाँले यसको प्रचार–प्रसार गरेर कांग्रेसप्रति जनआकर्षण बढाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपालमा उडान भर्ने आकाशे मार्गको अनुमतिविना अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुभन्दा ७ वटा प्रादेशिक प्राविधिक शिक्षालय निर्माण, रोजगारमूलक शिक्षा, आयआर्जन बृद्धि गर्ने खालका विकासे योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

वडा तहमा गएर जनताका समस्या बुझ्दै समाधानका लागि काम गर्न आह्वान गर्दै नेता सिटौलाले गरिव, किसान, मजदुरको पक्षमा काम गर्दै नमूना वडा तथा पालिका बनाउन पार्टीबाट वडा एवं पालिका तहमा निर्वाचित जनप्रतिनिधिलाई आह्वान गर्नुभयो ।

संविधान कार्यान्वयन गर्ने मूल कानून नै नआउँदा संविधानले दिएको अधिकारको सदुपयोग नभएको बताउँदै नेता सिटौलाले कानून नहुँदा संविधान नै निरर्थक देखिन थालेको टिप्पणी गर्नुभयो ।

संविधान मस्यौदा समितिका संयोजक समेत रहनुभएका सिटौलाले उदाहरण दिदै भन्नुभयो–‘संविधान बनेको तीन बर्षभित्र आउनुपर्ने शिक्षा ऐन अहिलेसम्म आएको छैन, पालिकापिच्छे फरक–फरक नियम छ, गुणस्तरीय शिक्षा दिने सवालमै समस्या छ ।’ कानून नबन्दा प्रदेश सरकारहरु विकासे एजेन्सीजस्तो भएको उहाँको भनाई थियो

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार