बनियानी । वैदेशिक रोजगारीका लागी मलेसिया गएका कचनकवल गाउँपालिकाका एक युवाले मलेसियामा आत्महत्या गरेका छ्न् ।

कचनकवल ७ बालुबाडी घर भएका जेठलाल राजवंशीका २२ बर्षिया छोरा सहदेव राजवंशीले आत्महत्या गरेकाे  वडा नम्बर ७ का वडाध्यक्ष भारत राजवंशीले जानकारी दिए। उनी राेजगारीका लागि १३ महिना अगाडी मलेसिया पुगेका थिए । उनी मलेसियाकाे कुन कम्पनि र ठाउँमा काम गर्थे त्याे भने खुल्न सकेकाे छैन ।

उनी आफूले काम गर्ने फ्याक्ट्रीमा आज झुन्डिएकाे अवस्थामा मृत फेला परेकाे थिए भने उनको शव नेपाल ल्याउनका लागी प्रक्रिया भइरहेको वडा अध्यक्ष राजवंशीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
5
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार