भद्रपुर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले झापाको मानव अधिकारको वर्तमान अवस्थाको बारेमा सरोकारवालासित छलफल गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा मानव अधिकार अन्र्तगत खाद्य सुरक्षा तथा जातीय विभेदको वर्तमान अवस्था बारे सर्वपक्षीय छलफल सम्पन्न गरिएको हो ।

आयोगको कोशी प्रदेश प्रमुख पवनकुमार भट्टले सहजीकरण गरेको कार्यक्रममा अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, झापा वारका अध्यक्ष नारायणप्रसाद भट्टराई, अधिवक्ता कविता बाँस्तोला, अधिकारकर्मी विष्णुप्रसाद खरेल, दिपक दास, रणदीप हजाम, सोमनाथ पोर्तेल लगायतले धारणा राख्दै राज्यले वर्तमान कानुनलाई समय अनुकुल परिमार्जन गर्न नसकेकै कारण मानव अधिकार हनन्मा राज्य नै कारक बनिरहेको भन्दै पिडकलाई संरक्षण गर्ने कानुन बदलेर पीडितको सुरक्षा हुने कानुन बनाउन आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले खाद्य सुरक्षाका लागि स्थानीय सरकार बलियो रूपमा आउन सके अस्वभाविक मूल्य वृद्धि तथा कालोबजारी अन्त्य भइ नागरिकको दैनिक जीवनयापन सहज बन्न सक्ने विचार राखेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार