२२ असोज, काठमाण्डौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय रक्त नायक/रक्त सम्राट नेपालका सर्वाधिक रक्तदाता (१७५ पटक) प्रेमसागर कर्माचार्यले आज आफ्नो अथक मेहेनतलाई काठमाण्डौं महानगरपालिकाले साकार पारेको बताउनुभएको छ ।

कर्माचार्यले आज काठमाण्डौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरमा गर्नुभएको रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउने निर्णयले आफूले एउटा शुरुवाती युद्ध जितेको अनुभव गर्नुभएको हो ।

“म एक्लै लागि रहे मानवीय जीवन बचाउनकालागि रगत र रक्ततत्व सरकारले निःशुल्क गर्नुपर्छ भनेर धेरैले यो मेहेनत खेर जान्छ भने तर आज एउटा मेहेनत साकार भएको छ । यस्कालागि मेयर बालेन्द्र शाहलाई म हृदयदेखि नै धन्यवाद दिन्छु । यो त संघीय सरकारले गर्नुपर्ने हो तर स्थानीय सरकारले शुरु गरेको छ यस्कालागि म महानगरपालिका प्रति हार्दिक आभार प्रकट गर्दछु । मेरो यो अभियान देशभर नै रगत र रक्ततत्व निःशुल्क हुनुपर्छ भन्ने हो जस्कालागि हामी  संगठित भएर लागि परेका छौ । “

महानगरपालिकाले आज नै महानगर भित्र रगत र रक्ततत्व निशुल्क बनाउने घोषणा गरेको छ ।

हेर्नुहोस महानगरप्रमुख बालेन्द्र शाह (बालेन)को स्टाट्स ।

महानगरमा रगत निशुल्कको घोषणा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार