हल्दिबारी । झापाको हल्दिबारी गाउपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ३ जना कर्मचारीहर भ्रस्टाचार गरिरहेको अबस्थामा आइतबार राति रंगेहात फेला परेका छन्।आइतबार राति १० बजे जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीहरुले रंगेहात फेला पारेका हुन् । पिडित गणेशप्रसाद पौडेलले साेमबार कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय झापामा जाहेरी पत्र बुझाएका छन् ।

हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सय को बिल काटेर ८० हजार लिएपछि घटना सार्बजनिक भएको हो। पिडित गणेशप्रसाद पौडेलले जुम्ला जिल्लाको सिजा गा.पा का २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोशी गा.पा ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गा.पा ८ का २३ वर्षीय कमल खनाल विरूद्ध आज जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गरेको पौडेलले बताएका छन् ।

यसैगरि हल्दिबारी गाउपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले भन्नु भयो ” स्थानीय बाट गुनासो आएपनि प्रयाप्त प्रमाण थिएन, गत आइतबार राति गणेशप्रसाद पौडेलबाट ८० हजार लिएर ३९ हजार ६ सयको मात्रै बिल काटेको सुचना आएपछि घटना बाहिर आएको हो।” भ्रस्टाचार सानो ठुलो हुदैन, अपराध गर्नेले कानुनी कारवाही भोग्नैपर्छ। लिङदेनले भन्नु भयो ।यसैगरी हल्दिबारी १ नं वडाका वडा अध्यक्ष देवी बहादुर थापाले भष्ट्राचारीले कुनैपनि हालतमा उन्मुक्ति पाउन नहुने भन्दै कारवाहीको माग गरेका छन्।

अभियुक्तको कोठाबाट नगद २३ हजार सहित पक्राउ परेका उनीहरुलाई कसैले दवाबमा छुटकारा दिएर भ्रस्टाचार गर्न लाई प्रोत्साहन गर्न नमिल्ने कार्य पालिका सदस्य शान्ता सिवाकोटीले बताउनु भयो ।

उनिहरुलाइ आइतबार बेलुकै नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द प्रसाद रिजालले बताउनु भएकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
2
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार