झापाको हल्दिबारी ३ मा नेकपा (माओवादी केन्द्र) को वडा कमिटीको पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ ।

क. डिकविर कुलुङ राईको अध्यक्षतामा ९ सदस्यीय नेकपा (माओवादी केन्द्र) हल्दिबारी गाउँपालिका ३ नंं. वडा कमिटी गठन गरिएको हो । माओवादी केन्द्रद्घारा देशव्यापी रुपमा संचालन गरिएको जनतासँग माओवादी विशेष रुपान्तरण ३ महिने अभियान अन्तर्गत हल्दिबारी ३ मा वडा कमिटी पुनर्गठन गरिएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र्र) का पोलिटव्यूरो सदस्य सावित्री कुमार काफ्ले (समर) को प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रिय सदस्य तथा हल्दिबारी कमाण्ड ईन्चार्ज ममता ताजपुरियाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन हल्दिबारी गाउँकमिटी सचिव जित बहादुर राजवंशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य गाउँ कमिटी उपाध्यक्ष टिकादेवी राउतले गर्नुभएको थियो ।

 

त्यसैगरी भेलाले क. सितल किस्कुको अध्यक्षता ९ सदस्यीय मजदुर संगठन निर्माण गरेको छ भने क. रञ्जना मिश्रको अध्यक्षता ७ सदस्यीय अखिल नेपाल महिला संगठन गठन गरेको छ ।

त्यसैगरी क. धिरेन गिरीको अध्यक्षता ७ सदस्यीय अखिल क्रान्तिकारी ३ नं. वडा कमिटी गठन गरिएको हल्दिबारी कमाण्ड ईन्चार्ज ममता ताजपुरियाले बताउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार