हल्दिबारी, २७ असोज । नेपाल रेडक्रस सोसाइटी जलथल उपशाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका सभापति रेम प्रसाद खरेलको अध्यक्षता तथा प्रदेश सभा सदस्य माननिय छविलाल चुडालको आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बार्षिक साधारण सभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ । उक्त साधारण सभालाई प्रमुख अतिथि चुडाल, हलिदबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मि देवी मैनाली, वडा नं. ४ का वडा अध्यक्ष सन्त थामा मगर, नेपाल रेडक्रस सोसाइटी झापा शाखा मन्त्रि चन्द्र चुडाल, कोषाध्यक्ष ओम प्रकाश गौतम, जिल्ला सदस्य कर्णखर प्रसाईले सम्वोधन गर्नु भएको थियो । त्यसै गरि गंगा प्रसाद प्रसाई, त्रिलोचन सापकोटा, चक्र बहादुर बस्नेत, सन्तलाल मेचे लगायतले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाको उपाध्यक्ष तुलसा आचार्यले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव खिबराज दाहालले गर्नु भएको थियो

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार