उदयपुर, कार्तिक १६ / उदयपुरको चौदण्डिगढी नगरपालिका-९ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधवार अपरान्ह ईनरुवा नगरपालिका-६ सुनसरीका ४५ बर्षीय सलिम मिया र भारत सुपौलका ४८ बर्षीय प्रमोद गुप्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

को २८ प ४९६८ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चौदण्डीगढी नगरपालिका-६ भिमा भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ८१ ग्राम ५५० मिलिग्राम ब्राउनसुगर बरामद भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार