राजनीति भनेको नीतिहरू मध्येको उच्च नीति भएकै कारण राजनीति भनिएको हो । राजनीति भनेको सेवा मात्र हो भन्ने ठान्नुपर्छ तर राजनीति गर्ने तल्लो स्तर देखि माथिल्लो स्तर सम्मका नेताहरूले आम्दानी आउने माध्यम र पेसाको रूपमा स्थापित गरेको कारण आम जनतामा राजनीति प्रति वितृष्णा भएको पाइन्छ । नेपालमा २०७२ असोज-३ मा बनेको सम्बिधान अनुसार हाम्रो शासन व्यवस्था मिश्रित प्रणालीय राखिएको थियो । यसको अर्थ राज्यमा पहुँच नपुगेका असल नागरिकलाई राज्यको मूलधारमा ल्याउन राखिएको व्यवस्था थियो । यही व्यवस्थाको कारण सबै पार्टीहरूमा बिकृति र बिसङ्गति भित्रिन गएको पाउछौ । समानुपातिक भित्र नेताको श्रीमती अटाउन थाले, आफन्त पनि अटाउन थाले भने कोही त नेताका गर्लफ्रेण्ड र ब्वाईफ्रेण्ड पनि अटाउने प्रक्रियाका कारण राजनीति अस्थिर बनेकोछ यो मात्र हैन राजनीती गर्ने नेताको मूल उदेश्य जसरी भए पनि पैसा कमाउनु राजनीतिको आडमा व्यापार चलाउन थालेपछि, यही अवस्थाले आज नेपालको मूल राजनीति पुरै गन्हाई रहेकोछ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई  कार्यकर्ताहरूले उनको कदलाई सगरमाथा पुर्याएका थिए, जब समानुपातिक कोटामा आफ्नो श्रीमती मञ्जु खाणको नाम राखे त्यसपछि उनी पनि पार्टी भित्र गन्हाउन थाले, श्रीमती मञ्जु खाणले स्थानीय तहको टिकट बितरणमा देखाएको भुमिका झनै लाजमर्दो थियो, घरमा कुखुराको  पोथी बास्यो भने मुन्टो चुडाएर घरको धुरी कटाउन पर्छ भन्ने पौराणिक उखान थियो, उनको काम कुरा पनि त्यही प्रकृतिको देखियो।
राजा को वंश नास भयो गद्दी खाली भएन, अर्का राजालाई अहिलेका नेताहरूले दाम चढाएर राजा बनाएकै हुन, उनी पनि राजाको भूमिकामा मात्र चित्त नबुझे पछि मन्त्री परिषदको अध्यक्ष बनेका कारण आज नागार्जुन दरबार जानु परेको कुरा कही लुकेको छैन,।
बालकृष्ण खाण विध्यार्थी नेताबाट राजनीति शुरू गरेका खाणले आफ्नो उचाई , आफ्नो श्रीमतीलाई समानुपातिकमा नाम राख्ने सिफारिस पछि उनको कद घट्दै गएको थियो । कार्यकर्ताहरूलाई सम्मान गर्न नसक्ने नेता खहरे खोलामा आएको बाढी झै ह्वात्तै बढ्छ र त्यसरी नै सुक्छ उनको अवस्था पनि भएको त्यही हो, आज उनी र उनको श्रीमतीले जुन कुकर्म गरे त्यस्को दोष ती दुई जनालाई मात्र लागेको छैन र रूपन्देही मात्र हैन सत्तहत्तर जिल्लाको स्वच्छ छवि बनाएका कार्यकर्ताको शिर घोप्टो हुन पुगेको छ। उनको श्रीमति ले बर्दीबास नगर पालिकाको मेयरको टिकट वितरणमा धाँधली गर्दाको परिणाम त्यस क्षेत्रका कार्यकर्ताले भोगि सकेका छन, उनको हजुरबाको बिर्ता थियो भने उनको श्रीमतीले मात्र खान पाउथिन होला तर सबैको लगानी भए पछि समान व्यवहार गर्न नसक्नु नै उनी पतन हुने कुराको सङ्केत थियो तर त्यो खाण दम्पतीले बुझेनन पैसाको मुख रातो भएको कारणले गर्दा नै सक्कली नेपालीलाई नक्कली भुटानी शरणार्थी काण्डमा जेल जानु परेको कही लुकेको छैन।
आलुको बोरामा एक दुई वोटा कुहिएको आलु पर्यो भने सबै बोराको आलु कुहाउछ, नेपाली काङ्ग्रेस भित्र पनि हाल त्यही भै रहेको छ। संसदीय दलको नेता चुन्ने क्रममा नै यिनीहरू परिवर्तन हुन चाहेनन त्यसैले उनी र उनी समर्थक साथीहरू यथास्थितिमा नै बसे यथास्थितिमा बस्दा खाना दाना मोज मस्ती र विदेश भ्रमण गर्न पाई रहने भएपछि किन परिवर्तन रोज्नु पर्यो ? भएको यही हो। परिवर्तन रोज्दा खाना दाना मोजमस्ति विदेश भ्रमण जस्ता अवसर नपाइने भयो, परिवर्तन भनेको पराल खाएर पनि परिवर्तन ल्याउनु पर्ने स्थिति आउछ जिब्रो पाछ्ने भयो त्यसैले परिवर्तन हुन नदिने यिनी लगायत धेरै नेता छन। अब पालो छ सभापति देउवाको, उनी इज्जत साथ बस्न चाहेका थिए भने उनका विश्वास पात्रले भनेको मान्दैन्थिए र परिवर्तन सम्भव पनि थियो र उनी पनि हाल सम्म कमाएको इज्जत जोगाउन सफल हुन्थे तर अबको स्थिति फरक बन्यो । शेरबहादुर देउवा पत्नी आर्जु राणा देउवा नक्कली भुटानी शरणार्थी काण्डको दोषी भै सकेको बिभिन्न समाचार माध्यमले भनि सकेको छ, कार्यकर्ताले के भनेर बुझ्ने, गाउँस्तरका कार्यकर्ताले खाई नखाई पार्टीको सङ्गठनलाई जोगाई राखेको छ, नेतृत्व गर्नेले चाहि बिभिन्न खालका भ्रष्टाचार गरेर कार्यकर्ताको शिर तल बनाई राखेका छन। त्यसैले सभापति शेरबहादुर देउवाले काङ्ग्रेस केन्द्रीय सभापति र संसदीय दलको नेता समेत बाट राजिनामा दिई नेपाली काङ्ग्रेसलाई अब हिड्ने बाटोको मार्ग प्रशस्त गर्न जरूरी छ, त्यसो गर्न सकिरहेका छैनन। प्रदेश नम्बर-१ मा भएको बिद्रोहले के जनाउन थाल्यो भने स्वर्गिय महामानव विश्वेश्वरप्रसाद कोइरालाले भन्नु भएको थियो
“जुन ऐना हेर्दा आफ्नो स्पष्ट अनुहार देखिदैन भने त्यो ऐना नहेर्नु,  जुन पार्टी संग आफ्नो स्पष्ट विचार मिल्दैन भने त्याहा सहकार्य नगर्नु “
त्यस्तै :
“नेतृत्वले गलत गरेर बस्दा पनि टूलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन या त दास हुन”

भनेको कुरा हाल आएर यथार्थ परिणत भएको छ।
त्यसैले चाँडो भन्दा चाँडो राजीनामा दिएर कार्यकर्ताको भावनालाई बुझिदिन अपिल र आग्रह समेत गर्दछु। नेपाली काङ्ग्रेसको काँधमा बन्दुक राखेर सरकार चलाई रहदा पनि आ-आफ्नो स्वार्थ प्राप्तिको लागि, पार्टी सङ्गठन भाँडमा गए जावोस सहकार्य गरि रहनुपर्ने अवस्था किन र कसरी आयो ?

अब रह्यो रूपन्देही जिल्लाको काङ्ग्रेसको नेतृत्वको चिन्ता, बालकृष्ण खाण गृहमन्त्री भएर निर्वाचनमा पराजय हुँदा वास्तविक कार्यकर्ताले पार्टी सङ्गठन र आउँदा दिनमा रूपन्देहीमा नेतृत्व कस्ले गर्ने भन्ने चिन्ता लिनु स्वभाविक हो तर चिन्ता लिनु पर्दैन नेपालको जनसंख्या २०७८ अनुसार दुई करोड एकानब्बे लाख चौसठ्ठी हजार पाँच सय अठहत्तर छ। काङ्ग्रेसका कृयाशिल सदस्य नै देशभर आठ लाख छन, यस मध्ये काङ्ग्रेसको पार्टीलाई मतदान गर्ने मध्ये भ्रष्टाचारमा संलग्न रहेका बाहेक बाट स्वच्छ छवि भएकाको नेतृत्व स्विकार गर्नु गराउनुपर्छ । यही काण्डले स्वच्छ छवि भएकाले भ्रष्टाचार गरियो वा गल्ती गरियो भने खोर भित्र बस्नुपर्ने रहेछ भनेर डराउने छन । देशै भरका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले चिन्ता नगर्न अपिल र आग्रह गर्दछु ।
अन्त्यमा स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाले पार्टीको सभापति हुँदा हुँदै स्वर्गीय कृष्णप्रसाद भट्टराई लाई कार्यवाहक सभापति दिनुभएको इतिहास स्मरण गर्न हालका सभापति श्री शेरबहादुर देउवा जीलाई अनुरोध गर्दछु, तपाईको कार्यकालमा धेरै राम्रा राम्रा काम भएका छन, २०५६ मा “कदमजम” नारा ल्याउनु भयो र कार्यान्वयन गराउनु भयो, त्यही तपाईको नारा सम्बिधान २०७२ मा मात्र समेटिन पुग्यो, निर्वाचन कै कुरा गर्दा मधेस जलि रहेको थियो, २०७४ बैशाखमा अरू प्रदेशमा भयो तर मधेस शान्त बनाएर कार्तिकमा निर्वाचन गराउनु भयो, त्यसैले नेपाल भरका कृयाशिल कार्यकर्ता मात्र हैन आम मतदाताले अब युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने चाहाना छ, त्यो चाहनालाई साकार बनाउनु नै तपाइको सफलताको कसि बन्नेछ,।
स्मरण गराउन चाहान्छु भारतमा दुई सय बर्ष ईष्ट इण्डिया कम्पनी ले शासन गरेको थियो, सन १९४७ अगस्त-१५ मा भारत स्वतन्त्र भएपछि ब्रिटिस सरकार बेलायत नै फर्किनु पर्यो, त्यो बेला भारतीय मूलका केही व्यक्तिहरू पनि बेलायत गएका थिए, तीनै भारतीय मूलका व्यक्ति बाट जन्म लिएका ४२ वर्षिय ऋषि सुनक आज बेलायत जस्तो विकसित देश को  प्रधानमन्त्री बनेका छन, उनीले कोभीड १९ ले थिलथिलो पारेको अर्थतन्त्रलाई अर्थमन्त्री हुँदा जोगाएका थिए , त्यसैले हामीले पनि पढेर जान्नु पर्छ, या त देखेर जान्नु पर्छ या त परेर पनि जान्नुपर्छ भन्ने मान्यता नेताको दिमागमा पस्न सकोस, नेपालका नेताले हाल सम्म भन्दै आएको नीति तिम्रो पालो आएको छैन, तिम्रो बेला नै भएको छैन भनेर देश बनाउने कुरामा पालोको व्यवस्था नगर्न आदर्णिय नेतृत्वलाई सुझाव दिन चाहान्छु, अब पालोले देश बन्दैन, एक्काइसौं सताब्दी लाई पछ्याउन सक्ने हार्डडिस्क भएको धेरै कुराहरू अटाउन सक्ने जोसजाँगर भएको युवाको खाँचो छ, महामन्त्री श्री विश्वप्रकाश शर्माले भाषण गर्दा बोल्नु भएको र काम गर्दा पनि सोही अनुसार गरेको कुराको स्मरण पनि गराउन चाहान्छु, म युवा हुँदा बृद्धले गरेको कर्म जस्तो  समन्वय गरि गर्ने कोशिष गर्नेछु,  जब म बृद्ध हुँदै जानेछु त्यो बेला युवाको जस्तो जोश र जाँगर लिएर अघि बढ्ने कोशिष गर्नेछु त्यस कारणले यिनै युवाहरू मध्येबाट कुनै लाई सभापति र कुनै लाई प्रधानमन्त्री बनाउने नारा लिएर देशका १६५ निर्वाचन क्षेत्रमा बुझाउन सकियो भने २०१५ सालको १०९ क्षेत्र निर्वाचनमा ७९ सिटमा विजयी बनेको थियो, २०४८ को २०५ निर्वाचन क्षेत्रमा ११० सिट विजय हासिल गरेको थियो , २०५६ को २०५ निर्वाचन क्षेत्रमा ११४ सिटमा अर्थात ५५.६१ प्रतिशतमा एक्लै विजय बनेको काङ्ग्रेस २०७९ को सङ्घीय निर्वाचनमा पाँचदलीय गठबन्धनबाट १६५ क्षेत्र मध्येबाट प्रत्यक्ष तर्फ ५७ सिटमा मात्र विजय हासिल गर्नु भनेको ३४.५४ प्रतिशतमा सीमित भएर खुम्चिनु पर्यो त्यसैले यसलाई :-
“छुचुन्द्रोको टाउकोमा चमेलीको तेल”
भन्दा पनि फरक पर्दैन, यस्तो भईरहदा पनि नेपाली काङ्ग्रेसको केन्द्रीय सभापतिको पद ओगटेर बस्ने शेरबहादुर देउवालाई उखान लेख्न मन लाग्यो
“हग्नेलाई भन्दा देख्नेलाई लाज”
  भने जस्तो भयो आदर्णिय सभापति शेरबहादुर देउवा जी बेलामा नै पार्टी भित्र धमिरा लागेकोलाई उपचार गराउन सक्नु भएन भने आफूपनि सिद्धिनु हुन्छ, देख्दा सानो चिज बिगार चाहि ठूलो हुन्छ, यसरी नै अघि बढिरहने हो भने कार्यकर्तालाई पनि सिदाध्याउनु हुन्छ। त्यसपछि नरहे बाँस नबजे बाँसुरी हुनेछ। धन्यबाद, जय नेपाल।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार