द्रोण अधिकारी /भद्रपुर । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा भव्य रूपमा छठ पूजा गरिएको छ ।

तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत अधिकाम्स जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर भव्य स्वरूपमा पूजा गरिएकोे हो ।

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुर स्थित मेची नदीमा मनाउदै आएको छठ पर्वमा भण्डै ५ हजार पूजा स्थल निर्माण गरी ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर साझा पर्व मनाइ रहेका छन् ।

पूजा स्थलका लागि नेपाल भारतका सुरक्षा कर्मीले सम्युक्त गस्ति गरिरहेका छन् भने नेत्र ज्योति समाज लगायत सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको व्यवस्था गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाइएको छ । चारदिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुने छ ।

यो पर्वमा जन सहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका अग्रज रमेशचन्द्र झाले जानकारी दिए । उनका अनुसार भद्रपुरको पूजा अवलोकन गर्न विभिन्न स्थानबाट आएका भक्तजन एक लाख हाराहारी सहभागि हुने अनुमान छ ।

सहज अवलोकन र व्यवस्थित मण्डपका लागि पूजाको व्यवस्थापनलाई एक साता अघिदेखि नै आयोजकले तिव्रता दिइएको थियो ।

नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरु यसै नदीमा छठ पर्व मनाउदै आएकाले भद्रपुरको छठ पर्वको छुटै विशेषता रहने गरेको छ । पूजा अवलोकन गर्न भद्रपुरमा हजारौ भक्तजनहरुको घुइचो लागेको छ ।

यसको व्यवस्थापनका लागि मैथिली समाज भद्रपुर लगायत सरोकारवाला संघ संस्था आयोजकका रुपमा रहेका छन् भने भद्रपुर नगरपालिका संरक्षक तथा विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलहरु सहयोगी निकायका रूपमा रहेका छन् ।

दुवै देशका व्रतालु भक्तजनहरुले मेची नदीमा आएर आ–आफनो पूजा स्थलबानाएर अधिकाम्सले पण्डालमा पूजा गर्ने गरेका छन् । पूजा स्थलमा आउने भक्तजनहरुलाई भद्रपुर स्थित विभिन्न संस्थाहरुले निशुल्क रूपमा चिया र पानी वितरण गर्ने गरेका छन् भने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले आवश्यक सुरक्षा प्रदान गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार