हल्दिवारी,५ मङ्सिर । हल्दिवारी गाउँपालिका वडा नम्बर -५ मा बसोबास गर्दै आएकाअन्दाजी ४२ बर्षिय प्रहरी हवल्दार राई मृत फेला परेका छ्न ।

वडा नम्बर ५ का वडा सचीव भजन सङ्गौलाका अनुसार त्रिबेणि चोक पुर्व बस्ने सप्तराज राई आफ्नै घरमा आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।

मोरङको सिजुवामा कार्यरत प्रहरी हवल्दार राई हिजो बेलुकी घर आएको र अत्यधिक रक्सी सेवन गरेर परिवार संग झगडा समेत गरेको उनका छरछिमेकीले बताएका छ्न ।

आज बिहान परिवारले उनी झुन्डिएको अवस्थामा मृत देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मृतक राईका श्रीमती ,३ छोरीहरु १५, १२ र ४ बर्षका रहेका छ्न भने घटना स्थललाई प्रहरीले घेराबन्दी गरि आवस्यक अनुसन्धान शुरु गरेको जलथल प्रहरीले जनाएको छ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली आई पुगेको छ भने आवस्यक छानबिन पश्चात् मृतक राईको सवलाई पोस्ट मार्टमको लागी मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइने प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
4
+1
1
+1
0
+1
24
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार