बिराटनगर , मंसिर ५ /  मोरङको बिराटनगर महानगरपालिका- १५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा धरान उप-महानगरपालिका- ६ का २३ बर्षीय मन कुमार बिश्वकर्मा रहेका छन् ।

हिजो अपरान्ह ४ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिश्वकर्माको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ९० मिलिग्राम फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिस्वकर्मालाई  ईलाका प्रहरी कार्यालय रानीमा राखी  थप अनुसन्धान भईरहेको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार