कविता : “बदलिरहेँ तस्विरहरू”

बदलिरहेँ केवल मेरा तस्विरहरू
तकदिर लाई म त बदल्न सकिन

ललक त एउटै थियो जीवनमा
थपिदै थिए अनेक सौपानहरु

बढ्दै थिए जीवनका आयामहरू
तर! मन्मा संकीर्ण अभिष्ट राखिन

मैंले छोडेँ या उस्ले छोड्यो मलाई
सोचिरहेँ जीवनभरी बुझ्न सकिन

बदलिरहेँ केवल मेरा तस्विरहरू
तकदिर लाई म त बदल्न सकिन

दौडिरहन्छु आकांक्षाहरुको भिंडमा
छिचोल्दै ति व्यवधानका तरंगहरु

गन्तव्य कहाँ हो? ठम्याउन सकिन
आशाका किरण देखिन्छ क्षितिजमा

तर!

विक्षिप्त भएँ कालो बादल ढाकिँदा
उडाएर लगिदिए हुन्थ्यो बतासले बरु

आशान्वित छु म त रंगीन जीवनको
भविष्यको चित्रमा आफूलाई देखिन

बदलिरहेँ केवल मेरा तस्विरहरू
तकदिर लाई म त बदल्न सकिन

✍दयानन्द गाेस्वामी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार