कविता : “म जनता र व्यवस्था”

म जनता , यस्तो व्यवस्थाको खोजीमा छु
जहाँ प्रजा होस , तर राजा नहोस्
जहाँ सत्ता होस , तर शासक नहोस् ।
देशको कानुन भित्र , जनता होस ,
जनता भित्र नै , नेता होस ।
म जनता , त्यहीँ व्यवस्थाको खोजीमा छु।।
ईतिहासले यहाँ , महाभारत गरे
हस्तिनापुरले , के पाए ?
देशले यहाँ , गृहयुद्ध गरे
जनताले , के पाए ?
हजारौं लाखौंले , बलिदानी दिए
अनाहक मै , ज्यान गुमाए ।।
तर , बदलामा , जनताले
आफ्नो पुर्खाको , अस्तित्व गुमाए।।
जलेको आगोमा , होमिनु ,
होइन जनताको , राजनीति ?
व्यवस्था बाटै , जनता बन्छ ,
शासकको , फेरिएमा राजनीति।
योग्य नेता भएमा हामी , हुदैनौ बेरोजगार
युद्ध भन्दा कर्मले जितिन्छ , कर्मले संसार ।।
म जनता आगो-पानी हु , सबै बुझ्दछु
क्षितिज पारीको घाम नदेखेर होला
यो व्यवस्था सँग जुध्दैछु।।
म जनता एउटा , कर्मयोगी हु ,
कर्म मै , रमाउने छु
आफु बाचेर अरुलाई ,
यो देश-समाज , बचाउने छु।
हाम्रा पिता-पुर्खा दरिद्र थिए ,लडे शासक सित
तिनका हिसाब लिनुपर्छ हामीले , देशकै राक्षस सित।।
त्यसैले त हामीलाई युद्ध होइन,
अब आधुनिक क्रान्ति ल्याउनु छ।
देशको व्यवस्था लाई , बिउझाएर
यो देशलाई , बुझाउनु छ ।।

जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल :- ३, दल्की झापा
हाल :- मलेसिया

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार