हल्दिबारी । हल्दिबारी माविका विद्यार्थीले बुझाए भेटेको मोवाईल हल्दिबारी प्रहरि चौकीमा बुझाएकाे छन् ।

प्रहरी चौकीका प्रहरी हबल्दार पदमलाल ढकालका अनुसार हल्दिबारी माविका विद्यार्थीले फेला पारेको सामसुङ्ग मोवाईल प्रहरी चौकीमा बुझाए पछि सम्वन्धित मोवाइल धनि हल्दिबारी ४ का काजली बजारका सुनिल शर्मालाइ मोवाइल हस्तान्तरण गरेको छ ।

हल्दिबारी स्कुल चोकमा वडा नं. २ ले सिसि क्यामेरा जडान गरि सकेपछी चोरी भएका साइकल तथा हराएका गरगहना, मोवाईल समेत प्रहरीलाई बुझाउन थालेको ढकालले जानकारी दिए । हल्दिबारी स्कुल चोकमा वडाले केही समय अगाडी सिसि क्यामेरा जडान गरेको र अब पाराखोपी, मिलनचोक, काजलि बजार, सम्भुचोक र खार्साङ्गबारीमा समेत सिसि क्यामेरा जडान गरी सभारी दुर्घटना र समाजमा बढ्दै गरेको अपराधलाई रोकथाम गर्न वडा कार्यालय लागि परेको वडा अध्यक्ष शुकलाल राजवंशीले बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
5
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार