काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बुधबार साँझ ६ बजेर ४४ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र भएर भूकम्प मापन गरिएको छ ।

भूकम्पको तीव्रता ४.१ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा महसुस भएको बताइएको छ।

गत कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर भूकम्प गएयता पराकम्प आउने क्रम जारी छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार